धुन्चे, रसुवा
रसुवालाई सन् २०१६ भित्र खुला दिशामुक्त जिल्ला घोषणा गर्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाले सहयोग गर्ने भएको छ ।
जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको शुक्रबार वसेको बैठकले सो निर्णय गरेको हो । स्थानीयलाई सौचालयको महत्व लगायतको आवश्यक कुराको प्रचार प्रसार नगरी हतार हतारमा खुला दिशामुक्त गाविस घोषणा गरिदा वनेका सौचालय समेत प्रयोग विहिन वन्दै गइरहेको छ । हालसम्म रसुवा जिल्लाको ४ ओटा गाविस खुला दिशामुक्त गाविस घोषणा भैसकेका छन भने ठुलोगाँउ, डाडागाँउ,
धैबुङ, लहरेपौवा र गोल्जुङ गरि ५ ओटा गाविस खुला दिशामुक्त गाविस घोषणाको अन्तिम चरणमा पुगेका छन ।
नेपाल रेडक्रस सोसाइटीले जिल्लाको भोर्ले र ठुलोगाँउ गाविसमा खुला दिशामुक्त गाविस घोषणा गर्न सहयोग पु¥याउने कार्यक्रम अधिकृत डिल बहादुर थापाले जानकारी दिनुभयो ।
No comments:
Post a Comment