Monday, March 30, 2015

रिपोटर्स क्लब नेपालको शाखा रसुवामा

धुन्चे, रसुवा
रिपोटर्स क्लब नेपालको १७ औं बार्षिकोत्सवको अवसरमा आज रसुवामा पनि जिल्ला शाखा गठन गरिएको छ ।

जेष्ठ पत्रकार ज्ञानेन्द्र नाथ न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । क्लबको उपाध्यक्षमा अनु आचार्य, सचिवमा हिमनाथ देवकोटा, कोषाध्यक्षमा सुष्मा न्यौपाने,सदस्यहरुमा हेमनाथ खतिवडा, सुशिल कोइराला, सरस्वती न्यौपाने, निराजन पौडेल, शिबराम भण्डारी रहेका छन । नव गठित कार्यसमितिले केन्द्रको मापदण्ड अनुरुप आफना कार्यहरु नियमित अगाडि बढाउदै लैजाने रिपोटर्स क्लब जिल्ला शाखा रसुवाका अध्यक्ष ज्ञानेन्द्र नाथ न्यौपानेले बताउनुभएको छ ।

No comments:

Post a Comment