Sunday, March 29, 2015

प्रवेशिकामा रसुवाका ४२ अनुपस्थित

धुन्चे, रसुवा   
चैत ५ गतेबाट सुरू भएको प्रवेशिका परिक्षा रसुवा जिल्लामा शान्तिपुर्ण रूपमा सम्पन्न भएको छ ।
जिल्लाबाट १ हजार ९८ मध्य ४२ जान अनुपस्थित भएपछि १ हजार ५६ जनाले सहभागिता जनाएका छन । नियमित तर्फ ७ सय ४ मध्य १४ जना अनुपस्थित भएपछि ६ सय ९० र आशिंक तर्फ ३ सय ९४ मध्य २८ जना अनुपस्थित भएपछि ३ सय ६६ गरि १ हजार ५६ ले परिक्षा दिएका हुन । SLC परिक्षा समन्वय समिति रसुवाले ५ ओटै परिक्षा केन्द्रमा नियमित रूपमा अनुगमन गरेको जिल्ला शिक्षा अधिकारी रामशरण सापकोटाले जानकारी दिनुभयो । विगतका वर्षहरूमा झै यस वर्षको प्रवेशिका परिक्षामा रसुवाको कुनै पनि परिक्षा केन्द्रमा अमर्यादित कार्य नभएको
जिसिअ सावकोटाले जानकारी दिनुभयो ।
निलकण्ठ नमुना उमावि जिवजिवे, कालिका हिमालय उमावि कालिकास्थान, निलकण्ठ उमावि वोगटीटार , रसुवा उमावि धुन्चे र स्यामेवाङफेल उमावि स्याफ्रु गरी ५ ओटा परिक्षा केन्द्र तोकिएका थिए । यस वर्ष रसुवाबाट विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेका २७ जनाले परिक्षा दिन पाएनन ।  त्यसैगरि परिक्षा दिने समयमा छात्राहरूलाई महिनावारी हुने कारणले परिक्षा दिनबाट वञ्चित हुने समस्यालाई मध्यनजर गर्दै प्रत्येक परिक्षा केन्द्रमा प्रयाप्त मात्रामा स्यानेटरी प्याडको व्यवस्था गरिएको थियो । स्यानेटरी प्याडको व्यवस्थाको लागि जिल्ला वालकल्याण समिति रसुवाको पहलमा सुआहारा कार्यक्रमले सहयोग सहयोग गरेको र सम्पुर्ण परिक्षा केन्द्रमा स्यानेटरी प्याडको व्यवस्था गरिएकोे जिल्ला शिक्षा अधिकारी रामशरण सापकोटाले जानकारी दिनुभयो ।

परिक्षालाई मर्यादित र व्यवस्थित तरिकाले सञ्चालन गर्न प्रत्येक परिक्षा केन्द्रमा ५ जना केन्द्राध्यक्ष, १० जना सहकेन्द्रध्यक्ष, ४५ जना निरिक्षक गरि ७० जनाको जनशक्ति रहेको छ भने सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका ७५ जना जनशक्ति खटाइएको थियो । भौतिक व्यवस्थापन, विद्यार्थीलाई सर्च गर्ने, परिक्षाको सिट प्लान गर्दा प्रत्येक विद्यालयका विद्यार्थहरू एउटै कक्षामा परून भन्ने हिसावले सिट प्लान गरिएको थियो ।
त्यसैगरि परिक्षाको वारेमा जानकारी दिने उद्देश्यका साथ रेडियो रसुवाले दैनिक रूपमा खवर संकलन गर्नुका साथै सोमबार राती ८ वजेदेखि ८. ४५ वजेसम्म प्रशारण हुने प्रहरी सुरक्षा र संरक्षण कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रामशरण सापकोटासँग प्रवेशिका परिक्षा लगायतको विषयमा छलफल गरिएको थियो ।

यस वर्षको परिक्षामा ग्रिन गार्डेन  इ.वो  स्कुल कालिकास्थानबाट सबैभन्दा कम ६ जना र पार्वतीकुण्ड उमावि गोल्जुङबाट सवैभन्दा वढि ९४ जना रहेका छन । २२ ओटा सामुदायिक विद्यालय र ३ ओटा सस्थागत विद्यालय गरि २५ ओटा विद्यालयबाट १ हजार ५६ जना परिक्षामा सहभागि भएका हुन । 

No comments:

Post a Comment