Sunday, March 22, 2015
अख्तियार पत्रकारका गोप्य सुचना संकलनमा
KATHMANDU : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकारका गोप्य सुचना समेत संकलन गरिरहेको खुलासा भएको छ । अख्तियारमा कार्यरत एक महिला कर्मचारीका बिषयमा लगातार समाचार आएपछि त्यसको स्रोत खोज्न प्रमुख आयुक्त लोकमानसिंह कार्कीले नै केही पत्रकारको गोप्य सुचना संकलन गर्न लागेका हुन । जनआस्था साप्ताहिकका पत्रकार बिश्वमणी सुवेदीले सोमबार बिहान सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै पत्रकारको कल डिटेल अख्तियारले संकलन गरेको खुलासा गरेका हुन । उनको स्टाटस यस्तो छ :
‘लोकमान कार्कीको अड्डाले पत्रकारहरुको call details किन जम्मा पार्दैछ ? (मेरो विवरण पनि NTC बाट गएको सूचना आयो) व्यतिगत गोपनीयताको अधिकार हाम्रो हकमा लागु हुदैन ? हाम्रो सम्पर्कसँग होइन लोकमान, तिमीले भेला पारेका नन्दी र भीरंगीहरुसँग सतर्क हुनुमै तिम्रो कल्याण छ । नत्र, तिम्रा पुराना मालिकको झैँ हविगत होला, बेलैमा चेतना भया ! तिमी शासक बन्न नखोजेकै बेश ! आँधीको भंगालोमा परेको दिन तिमी सँग ‘आइया’ भन्ने मौका पनि नहुन सक्छ ।’
पर्दाफाससँग कुरा गर्दै सुवेदीले अख्तियारले आफनो अधिकार क्षेत्र बिस्तारगर्दै सबैलाई अधिनमा राख्न अब पत्रकारका सुचना समेत जम्मा गर्न थालेको बताए । उनले भने ‘अख्तियार बिरुद्ध समाचार लेख्ने पत्रकारको मोबाईलका सुचना जम्मा गरेर सुचना दिने स्रोतको घाटी निमोठन खोजिएको हो । सुवेदीले घटना प्रमाणित भए आफु कानुनी लडाई लडने बताए ‘।
http://pardafas.com/2015/03/23/
Labels:
अपराध समाचार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment