Saturday, March 21, 2015

कृषिमा व्यवहारिक तालिम दिन सुरू ।।

धुन्चे, रसुवा
जिल्ला कृषि कार्यलय रसुवाले परम्परगत तालिमले कृषि क्षेत्रमा गरेको लगानी वालुवामा पानी हालेको जस्तो भएको भन्दै आधुनिक प्रविधियुक्त तालिम दिन थालेको छ ।

अव तालिम लिन आउने किसानहरूले
कृषि औजार कुटो, कोदालो, हसिया लगायतको सामाग्री समेत बोकेर आउनुपर्ने भएको छ । सधै किसानहरू एउटा वन्द कोठा भित्र सैदान्तिक ज्ञान सिक्ने गर्थे, अहिले भने तालिमको स्वरूप फेरर व्यवहारीक तालिम प्रदान गर्न थालिएको छ । वैदेशिक रोजगारमा जाने युवाहरूलाई कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गरि स्वदेशमै रोजगारको सृजना गर्न नेपाल सरकारले ल्याएको युवा लक्षित कार्यक्रमका लागि ४० जना कृषकलाई व्यवहारीक तालिम दिइएको हो । आवेदन दिई छनोटमा परेका प्रत्येक कृषकले ४०÷४० हजारसम्मको अनुदान पाउने कृषि विकास अधिकृत रमेश हुमागाईले जानकारी दिनुभयो । युवा लक्षित कार्यक्रमका लागि १६ लाख अनुदानमध्य ८ लाख च्याउ खेती र ८ लाख तरकारी खेतीका लागि छुट्इएको छ ।

No comments:

Post a Comment