Friday, March 27, 2015

वारूण यन्त्र ल्याउन पहल गरिने

२०७१/१२/१३
धुन्चे, रसुवा
रसुवा जिल्लामा वारूण यन्त्र ल्याउन पहल गरिने भएको छ ।
रसुवा जिल्ला आगलागिको दृष्टिकोणले उच्च जोखिमको स्थानमा परेको भन्दै वारूण यन्त्र ल्याउन पहल गर्न लागिएको प्रमुख जिल्ला अधिकारी उद्धव प्रसाद भट्टराईले जानकारी दिनुभयो । सुख्खा मौसम लागेसँगै वन क्षेत्रमा आगलागिको घटनामा वृदि हुने
हुदा जैविक विविधता नष्ट हुदै गइ रहेको छ । प्रत्येक वर्ष आगलागिले जिल्लाको कयौ हेक्टर वन क्षेत्र आगलागिले क्षति हुदै गएको तितो यर्थाथलाई मध्यनजर गर्दै जिल्ला दैविक प्रकोप उद्धार समितिको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । यस अघि जिल्लामा आगलागी तथा डडेलोले भएको क्षतिको एकिन विवरण राख्ने नगरिएकोमा यस वर्षदेखि विवरण राख्ने कार्यको सुरूवात गर्ने जिल्ला वन कार्यलय रसुवाले जनाएको छ । आगलागी नियन्त्रण गर्न न्यनतम उद्धारका सामाग्री नारायण दल गणलाई हस्तान्तरण गरिएको छ ।

No comments:

Post a Comment