अनु आचार्य, १३ चैत धुन्चे, रसुवा
जिल्लाको सुरक्षालाई चुस्त दुरूस्त वनाउन रसुवामा पहिलो पटक सिसि टिभि क्यामेरा जडान गरिएको छ । प्रहरी प्रधान कार्यलय काठमाण्डौको सहयोगमा र जिल्ला प्रहरी कार्यलय रसुवाको सक्रियतामा सदरमुकाम धुन्चे बजारका विभिन्न ६ स्थानमा सिसि क्यामेरा
जडान गरिएको हो । रसुवामा रसुवागढि नाका सञ्चालनसँगै सुरक्षामा वढन् सक्ने चुनौतीलाई मध्यनजर गर्दै यसको जडान गरिएको प्रहरी नायव उपरिक्षक प्रविण पोखरेलले वताउनु भयो । यसले अपराध नियन्त्रण र अपराध अनुसन्धानमा थप सहयोग पुग्ने पोखरेलले भनाई रहेको छ ।
पहिलोपटक सदरमुकामका ६ स्थानमा र बाकी
क्षेत्रमा उद्योग वाणिज्य संघसँगको सहकार्यमा जडान गरिने भएको छ । करिब ३
लाखको लगानीमा जडान गरिएको सिसिक्यामराको कन्ट्रोल रुम भने अस्थायी प्रहरी
पोष्ट धुन्चेमा राखिएको छ ।हाल सदरमुकाम धुन्चेमा जडान गरिएको सिसिक्यामराले करिब २ सय ५० मिटरसम्म समेट्न सक्ने प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment